Aadarsh-Daily

३ महिना ९ दिन थुनामा बसेर सन्दीप लामिछाने  रिहा

ad-4p

वीरगञ्ज, २९ पुष ।  जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबार रिहा भएका छन् ।

content ad p2
content left

उनी २० लाख रुपैयाँ धरौटीमा राखेर रिहा भएका हुन् । शुक्रबार बिहान अदालत खुलेसँगै उनको रिहाइका लागि धरौटी जम्मा गर्ने प्रक्रिया अगाडि बढाइएको थियो । धरौटीको प्रक्रिया पूरा भएपछि मात्रै लामिछाने थुनामुक्त हुने भएका हुन् । बिहिबार लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको थियो। अदालतको आदेशसँगै लामिछाने शुक्रबार रिहा हुने भएका हुन् ।

बिहिबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको थियो। धरौटीमा रिहा भएपछि पनि लामिछानेले देशबाहिर जान भने प्रदेश सरकारको अनुमति लिनुपर्ने सर्त आदेशमा उल्लेख गरिएको छ ।
लामिछाने गत असोज २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए । उनी ३ महिना ९ दिन थुनामा बसेर रिहा भएका हुन् ।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily