Aadarsh-Daily

मधेशका मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाद्धारा परामर्श समिति गठन

ad-4p

वीरगञ्ज, ११ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ ।

content ad p2
content left

समितिको सदस्यहरुमा गोवीन्द चौधरी, दीपक कार्की, लालकिशोर साह छन् भने मुख्यमन्त्री सरोजकुमार यादवले समितिको सचिव भई कार्य गर्ने छन् ।

समितिले पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीलाई समय समयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने कार्य गर्नेछ ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णयहरु कार्यान्वयनका लागि जसपाले मातहत समितिलाई बुधबार परिपत्र गरेको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily