Aadarsh-Daily

जन कारबाही जारी रहने छ : सांसद डा.राउत

ad-4p

बिरगञ्ज,  १३ फागुन । प्रतिनिधिसभा सदस्य तथा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके)ले हिंसात्मक कारवाही नरोकिने अभिव्यक्ति दिएका छन् । जनकपुर साहित्य महोत्सवको दोस्रो दिन शुक्रबार ‘राजनीति अभियान आ अवसर’ विषयक छलफलमा उनले सो प्रतिक्रिया दिएका छन् ।

content ad p2

इन्जिनियर रुपेश यादवले विगतमा जनमतको कार्यकर्ताले खानेपानीको इन्जिनियर राजेश्वर कुशवाहालाई गरेको कारबाही ठिक नभएको प्रसंग उल्लेख गर्दा त्यसको जवाफमा डा. राउतले राज्य संरचनाहरु असफल भएपछि जनताको आक्रोश त्यसरी पोखिने गरेको तर्क राखे ।

content left

‘जनताको आक्रोश व्यवस्थापन हुन नसकेपछि त्यसप्रकारको गतिविधि हुने गर्छन’,उनले भने, ‘अरु विकल्प नपाएपछि, सुन्दै नसुनेपछि त्यस्तो हुन्छ ।’ जन कारबाही सही वा गलत नहुने गरेको र त्यसप्रकारको कारबाही भइरहने डा.राउतले बताए । ‘जन कारबाही नै गर्ने हो भने कानूनी व्यवस्था किन चाहियो ?’ भन्दै थपिएको प्रश्नको उत्तर दिँदै अध्यक्ष राउतले भने, राज्यमाथि आरोप लगाउने रेडिमेड जवाफ दिएका थिए ।
सरकारी कार्यालयबाट समस्या समाधान नहुँदा त्यसप्रकारको गतिविधि सिर्जना हुने गरेको उनको कथन थियो । कर्मचारीले कहिले पनि आफ्नो गल्ती नदेखेको हुनाले जनता उनीहरुको गल्ती यसरी नै देखाइ दिनुपर्ने उनले बताए । ‘भ्रष्टाचार अन्त्यको लागि ठूला–ठूला आन्दोलन हुन सक्छ ।

मान्छेको ज्यानै जाने आन्दोलन हुन सक्छ त जन कारबाही सामान्य कुरा हो,’उनले भने, ‘त्यो कुनै ठूलो कुरा होइन् । समाजमा भ्रष्टाचार व्याप्त रहेसम्म जन कारबाही भइरहन्छ । मैले रोके पनि त्यो रोकिने बला छैन् ।’ मधेश विश्वविद्यालयमा स्टन्टबाजी बढी भएको राउतले बताए ।

बोर्ड मात्रै लगाएर विश्वविद्यालय नहुने उनले तर्क गरे । जानकी मन्दिरमा स्वच्छता अभियान अन्तर्गत सौन्दर्यकरणमाथि गरिएको प्रश्नमा डा. राउतले भने, यसको विषयमा पहिले पनि आवाज उठाएको र छानबिन नभएसम्म आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । डा. राउतले सरकारी कार्यालयमा सर्वसधारणले भोगिरहेको समस्याबारे उल्लेख गरेका थिए ।

सोझा नागरिक कर्मचारीबाट अनाहकमा दुःख पाउने गरेको उनले बताएका थिए । ‘हप्तौंसम्म सबै कागजात हुँदा हुँदै नागरिकता नपाउँदा कहाँ जानु ?,’उनले भने,‘ त्यसकारण कर्मचारीलाई सुधार गर्नुपर्ने ठोस कानून पनि ल्याउनुपर्छ । कर्मचारीलाई कामप्रति सचेत र जिम्मेवार पनि बनाउनुपर्छ ।’

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily