Aadarsh-Daily

वीरगन्ज नाका हुँदै ३ महिनामा ९ अर्बकाे धान आयात

ad-4p

वीरगन्ज ,१५फागुन :वीरगन्ज नाकाबाट यस वर्ष तीन महिनाको अवधिमा करिब ९ अर्ब रुपैयाँ बराबरको भारतीय धान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार यस अवधिमा ८ अर्ब ८४ करोड २५ लाख ३३ हजार ७ सय १५ रुपैयाँ ११ पैसा बराबरको २ लाख ४७ हजार ४ सय २१ मेट्रिक टन भारतीय धान आयात गरिएको छ ।

content ad p2

गत आर्थिक वर्षको यसै अवधिमा यस नाका हुँदै ५ अर्ब ३१ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ८२ हजार ९ सय ३१ मेटन भारतीय धान आयात भएको थियो । तुलनात्मक रुपमा गत वर्षको तुलनामा यस वर्ष वीरगन्ज नाका हुँदै ६५ हजार मेट्रिक टन बढी भारतीय धान आयात भएको छ ।

content left

यस वर्ष मंसिरको पहिलो साता देखि भारतीय धान भित्रिन थालेको हो ।
भारतले नेपालतर्फ धान र चामलको निर्यात खुला गरेलगत्तै यो नाकाबाट धान चामल भित्रिन सुरु भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडालले जानकारी दिए ।

उनले भारतले धान चामल निकासीका लागि वीरगन्ज, भैरहवा र काकडभिट्टा गरी नेपालका तीनवटा नाकालाई मात्र स्वीकृति दिएकाले तीनवटै नाकाबाट भारतीय धान भित्रिएको र तीमध्ये सबैभन्दा बढी वीरगन्ज नाकाबाट धान भित्रिएको बताए ।

जसमध्ये भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट धान चामल बढी ल्याइएको तथ्यांक छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल चामल दाल तेल उद्योग संघका केन्द्रीय अध्यक्ष सुवोध कुमार गुप्ताले भारतले नेपालका लागि यस वर्ष ६ लाख मेट्रिक टन मात्र धान चामलको निर्यात फुकुवा गरेको र हाल कोटा पूरा भएपछि भारतीय धान चामलको आयात बन्द भएको बताए । गत वर्ष भारतले साढे ५ लाख मेट्रिक टन कोटा नेपाललाई दिएको थियो ।

यस वर्ष उचित सिजनमै धान आयात गर्न पाएपछि व्यवसायीले राहत महसुस गरेको पनि उनले बताए । भारतको धान र स्वदेशी धान समेतले नेपालको वर्षभरिको माग धान्न सक्ने र यसो हुँदा चामल महंगो समेत नहुने उनको भनाइ छ ।
कान्तिपुर /शंकर आचार्य

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily