Aadarsh-Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

ad-4p

वीरगन्जमा प्रहरीले एक घरमा छापा मारेर लागू औषध गाँजासहित एक बालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाको फुलवारी टोलका शेख मखु मियाँको घरका अन्दाजी १५ वर्षका बालक रहेका छन् । ती बालकको परिचय प्रहरीले खुलाएको छैन ।

content ad p2
content left

मियाँको घरमा स–सानना पुरिया बनाएर गाँजा बिक्री भइरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यहि सूचनाको आधारमा आइतबार साँझ वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक बिक्रम सुबेदीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । त्यसक्रममा मियाँको घरमा पुगेर प्रहरीले खानतलाशी गर्दा उक्त घरभित्र रातो कालो प्लाष्टिकको साना–साना पोका पारी बिक्रीबितरण गर्न राखिएको पोकाहरूमा लागु औषध गाँजा १४ किलो २२६ ग्राम बरामद भएको थियो ।

बरामद गाँजासंगै विक्री बितरण कार्यमा संलग्न अन्दाजी १५ वर्षका बालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । नियन्त्रणमा लिइएका बालकविरुद्ध लागु औषध सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily