Aadarsh-Daily

धनुषा प्रहरीको गाडीबाट हाम फालेर बलात्कार अभियुक्त फरार

ad-4p

धनुषा प्रहरीको गाडीबाट हाम फालेर बलात्कार मुद्दाकम एक अभियुक्त फरार भएका छन् ।

content ad p2

बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर-१३ किरतपुर बस्ने २८ वर्षीय अभियुक्त राजाबाबु मुखिया आइतबार साँझ साढे ७ बजे प्रहरीको गाडीबाट हाम फालेर फरार भएका हुन् ।

content left

मुखियालाई आइतबार धनुषा जिल्ला अदालतबाट ७ दिन म्याद थप गराई ईलाका प्रहरी कार्यालय सबैला लगिरहँदा प्रहरीकै गाडीबाट यदुकुहास्थित कमला नहरमा हाम फालेर फरार भएका छन् ।

फरार मुखियाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

केही दिन अघि मात्र ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका थिए । उनीहरू मध्ये दुईजना अझै पक्राउ पर्न सकेका छैनन् ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily