Aadarsh-Daily

तराई-मधेशमा आज होली मनाइँदै

ad-4p

वीरगञ्ज, २३ फागुन । रंगैरंगको  पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै मंगलबार तराईमा मनाइँदैछ ।

content ad p2

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ ।

तराईका जिल्लामा आज रंग अबिर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ ।

content left

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रंग लगाएर र लोला खेली मनाउने चलन छ ।

होली पर्वसँग त्रेतायुगमा हिरण्यकश्यपुले आफ्ना छोरा प्रल्हादलाई मार्न आगोले नजलाउने क्षमता भएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादसहित दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी तर प्रल्हादलाई केही नभएको कथा जोडिन्छ । शक्तिको दुरूपयोग गर्ने प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको खुशीयालीमा फागु खेल्ने परम्परा सुरु भएको मानिन्छ ।

यस पर्वको अवसरमा वीरगञ्जमा विशेष रौनक छाउने गर्दछ । महामूर्ख सम्मेलनदेखि होरी गाउने प्रतियोगितासमेत आयोजना हुने गर्दछ ।

होलीका अवसरमा सरकारले तराईका जिल्लामा मंगलबार सार्वजनिक बिदा दिएको छ ।

 

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily