Aadarsh-Daily

विराेध गर्नेहरू भ्रष्टाचारी हुन्, तिनलाई जेल कोच्छौं: रवि लामिछाने

ad-4p

तनहुँ, २६चैत: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार गर्नेहरुले नै रास्वपा र आफ्नो आलोचना गर्ने गरेको बताएका छन्।

content ad p2

तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफूहरुमाथि आलोचना गर्नेहरूको इतिहास र काम हेर्दा त्यस्ता मानिसहरु भ्रष्टाचारको आरोपमा जेल कोच्नुपर्ने खालका हुने बताएका हुन्।

‘त्यस्ता मानिसहरु हामीलाई प्रश्न गर्छन्, जसलाई त हामीले हाम्रो सरकार बन्यो भने भ्रष्टाचारको आरोपमा जेल कोच्ने भनेर लिस्ट बनाइरहेका छौं,’ लामिछानेले भने।

उनले त्यस्ता व्यक्तिहरूलाई आफूले जवाफ नदिने पनि बताए।

content left

‘आम नागरिकले सोधेको प्रश्नको जवाफ जहाँ पनि दिन तयार छु,’ उनले भने, ‘तर, भ्रष्ट मान्छेले सोधेको एउटा पनि प्रश्नको जवाफ दिन्नँ। किनकी तिनलाई त जेल कोच्ने हो।’

लामिछानेले वर्षौँदेखि शासन गर्नेहरूले मुलुकलाई यो अवस्थामा पुर्‍याएकाले उनीहरु जवाफदेही हुनपर्ने बताए। त्यस्ता व्यक्ति र राजनीतिज्ञहरूले आफूलाई प्रश्न गर्न नमिल्ने पनि उनको भनाइ छ।

‘जनताको भोट लिएर गएर उनीहरुलाई यो देश छोड्न वाध्य बनाउनेहरुले हामीलाई प्रश्न सोध्न लाज मान्नुपर्छ,’ उनले भने।

लामिछानेले कैयौं मान्छेहरू आफ्नो हातमा हतकडी लगाउन प्रतिक्षा गरेर बसेको भएपनि त्यसो नहुने बताए।

‘यी तिनै हात हुनेछन्, यो देशका भ्रष्टाचारीहरूलाई कारबाही गर्ने एकल निर्णय गरेर त्यो निर्णयमा हस्ताक्षर गर्छ,’ उनले भने। साभार:सेताेपाटी

 

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily