Aadarsh-Daily

मधेश प्रदेशको वन तथा वातावरण मन्त्रीमा रमेश कुर्मी नियुक्त

ad-4p

वीरगञ्ज । मधेश प्रदेश सरकारमा अन्तत: लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि सहभागी भएको छ । प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी वन तथा वातावरणमन्त्री नियुक्त भएसँगै लोसपा पनि मधेश सरकारमा सहभागी भएको हो ।

content ad p2
content left

पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा लोसपाबाट दोस्रो कार्यकालका लागि निर्वाचित प्रदेशसभा सदस्य कुर्मीलाई मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको वन तथा वातावरण नियक्त गरेका छन् । एक सातामा दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री यादवले कुर्मीलाई वनमन्त्री नियुक्त गरेका छन् ।

यसअघि वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सरोजकुमार यादव आफैले सम्भाल्दै आएका थिए । नवनियुक्त मन्त्री कुर्मीको सपथ ग्रहण कार्यक्रम आजै साँझ ५ बजे राखिएको उनका स्वकीय सचिव फिरोज शेखले जानकारी दिए ।
लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । तर तत्काल एउटा मन्त्रालय दिने सहमतीअनुसार कुर्मीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily