Aadarsh-Daily

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीद्वारा शपथ ग्रहण

ad-4p

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

content ad p2
content left

आज शुक्रवार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीशमा नियुक्त हुनुभएका कार्कीले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिनुभएको हो । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।

आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्की आउँदो साउन २० गते सेवानिवृत्त हुनुहुने छ । कार्की २०७३ सालको साउन १७ गते सर्वोच्चको न्यायाधीश बन्नुभएको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily