Aadarsh-Daily

वीरगंजमा साउन १ गते देखि ट्राफीक लाईट सन्चालनमा आउने ट्राफिक प्रमुख थापा

ad-4p
content left

वीरगंज: वीरगंजमा साउन १ गते देखि ट्राफीक लाईट सन्चालनमा आउने पर्साका ट्राफीक प्रहरी प्रमुख मणीराम थापाले बताएका छन । प्रहरी निरीक्षक थापाले आज घण्टाघर स्थित ट्राफीक लाईट परिक्षण गर्ने क्रममा संचारकर्मीसंग कुरा गर्दै सो कुरा बताएका हुन । ट्राफिक लाईट जडानले वीरगंजको ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने र सवारी दुर्घाटनामा न्युनिकरण हुने बताए । पर्सा जिल्लामा आएको चार महिनामै सवारी दुर्घटना न्युनिकरण तथा ट्राफीक नियम सम्बन्धी बिभिन्न सचेतानामुलक कार्यक्रम सन्चालन गरेको दावी गरे । उनले जितपुर चौकमा सिसि क्यामराको माध्यमले सवारीको गति मापन गर्ने मेशिन जडान गरीएको र बिभिन्न सामुदायिक बिद्यालयमा अहिले जनचेतना मुलक कार्यक्रम गरिरहेको रहेको बताए । यसैगरी उनले मोटरसाईकल चलाउदा अनिवार्य हेल्मेट लगाउन, सवारी साधनको कागजात बोक्न,गाडी सिमीत गतिमा चलाउन, र ट्राफीक नियमको पाल्न गर्न थापाले अनुरोध गरेका छन ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily