Aadarsh-Daily

बिन्दवासनी कोईलाभार बन ब्यवथापन समुहको चुनाव स्थगित गर्न अदालतको आदेश

ad-4p

बिरगंज

content ad p2

बिन्दवासनी कोईलाभार बडनिहार साझेदारी बन ब्यवथापन समुहको चुनाव स्थगित गर्न अदालतले आदेश जारी गरेको छ ।

content left

शुक्रवार पर्सागढी ३ बडनिहारमा बन ब्यवस्थापनको नयाँ कार्य समिती गठन हुने निर्वाचन उच्च अदालत जनकपुरको स्थायी ईजलास बिरगन्जले अन्तरीम आदेश जारी गरेर स्थगित गरेको हो । बन ब्यवस्थापन समितीको निर्वाचनका लागी बिभिन्न पालिकाको वडाहरुमा गठन गरिएको समितीहरुमा बिवाद भएको र सोहि अनुरुध बहुदमाई नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादवले समिती गठन गरेको निर्वाचन कमिटी बिरुध उच्च अदालत बिरगन्जमा दिएको रिट माथि आज सुनवाई भई अदालतबाट निर्वाचन स्थगीत गर्न आदेश गरिएको हो ।

बहुदरमाई नगरपालिका वडा नं ४ मा बिन्दवाशनी साझेदारीका पदाधिकारीहरुले अनाधिकृत रुपमा गठन गरेको समिती बन डिभिजन कार्यालय बिरगन्जका प्रमुखले खारेज गरिसकेको तापनि सोही समितीलाई नैैै मान्यता दिई निर्वाचन गराउन समितीले आज बडनिहारमा सधारण सभा गरिरहेको जानकारी पाए पछि आफु बिधिविधान अनुरुप कार्य गर्न गराउन अदालतको सरणमा गएको वडा अध्यक्ष यादवले बताए ।

उच्च अदालतको आदेश शुक्रवार बन डिभिजन कार्यालय बिरगन्जमा जानकारी गराउन जादा कर्मचारीहरुले दर्ता गर्न नमाने पछि करीब एक घन्टा सम्म तनाव ग्रस्त अवस्था सृजनाभएको थियो । वडा अध्यक्ष यादवको रिट नियममा मिल्ने भएकोले बन कार्यालय प्रमुखले अदालतको आदेश अनुसार बुबिन्दावाशनी कोईलाभार बडनिहार साझेदारी बन ब्यवथापन समुह पर्सागढी ३ बडनिहारको नयाँ कार्य समितीका लागी हुने भनिएको निर्वाचन स्थगित गराएको हो । बन ब्यवस्थापन समुहले खारेजी कमिटी पुन गठन नगरेसम्म निर्वाचन स्थगित रहने गरी अदालतको आदेश पत्रमा उल्लेख छ ।

 

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily