Aadarsh-Daily

बहुदरमाईमा नवनिर्मित विद्यालय भवनको जीससका सभापति सोनारले गरे उद्घाटन

ad-4p

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ ।

content ad p2

नगरपालिकाको वडा नम्बर ४ स्थित डकैला बहुअरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवनको जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार (अजय सर्राफ) ले उद्घाटन गरेका हुन् ।

content left

जिल्ला समन्वय समिति पर्सा र बहुदरमाई नगरपालिकाको संयुक्त एक करोड रुपैयाँको लागतमा निर्मित दुई तले विद्यालय भवनमा ८ वटा कक्षाकोठा छन् ।

प्राथमिक तहसम्म पठनपाठन हुने विद्यालयमा भवन निर्माण भएसँगै विद्यार्थीहरूलाई सहजता हुने जिल्ला समन्वय समिति पर्साका सभापति सोनारले विश्वास व्यक्त गरे ।

कार्यक्रममा उप प्रमुख पुरण कुर्मी र बहुदरमाई नगरपालिका मेयर सिंहासन साह तेलीको पनि उपस्थिति थियो ।

सम्बन्धित खबर

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily