Aadarsh-Daily

जसपा पर्साको नयाँ जिल्ला समिति गठन, अध्यक्षमा बहुदरमाईका मेयर तेली

ad-4p

वीरगञ्ज । पर्सामा जनता समाजवादी पार्टी नेपाल (जसपा) पर्साको नयाँ जिल्ला समिति गठन भएको छ ।

content ad p2

बिहीबार जसपाका सचेतक एवम् पूर्व मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्ययतामा बसेको बैठकले जसपा पर्साको नयन जिल्ला समिति गठन गरेको हो । नव गठित जिल्ला समितिको अध्यक्षमा बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली मनोनीत भएका छन् ।

जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारी र सदस्यहरूको उपस्थितिमा बसेको बैठकले तेलीको नेतृत्वमा गठन गरेको जिल्ला समितिको उपाध्यक्षमा उपाध्यक्षमा ग्यासुदिन मियाँ, अजय चौरसिया र मिथिलेश सिंह, सचिवमा उमेशलाल सहनी, सहसचिवमा सुशील साह कानु, सुनिल कुशवाहा र नुर आलम अन्सारी, कोषाध्यक्ष प्रेमकुमारी सिंह, सदस्यमा असलम आलम, अजय सर्राफ, बैजुलाल स्वर्णकार, नेक महम्मद अन्सारी, सुनिता शर्मा, सुरज मानन्धर, खैरुदिन मियाँ र प्रतिमा सिंह रहेका छन् ।

बैठकले यसअघि राम नरेश यादव अध्यक्ष रहेको तदर्थ समितिलाई खारेज गर्दै नयाँ जिल्ला समिति गठन गरेको सह-सचिव सुशील कुमार कानुले जानकारी दिए ।

content left

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका प्रदीप यादवले रामनरेश यादव अध्यक्ष रहेको जिल्ला तदर्थ समितिको वैधानिकता सकिएपछि बुधबार नेता कार्यकर्ताको भेलाबाट तेलीको अध्यक्षतामा जसपाको जिल्ला कार्यसमिति पुनर्गठन गरिएको बताए । उनले भने, ‘यादव अध्यक्ष रहेको समिति तदर्थ समिति थियो, उक्त तदर्थ समितिको वैधानिकता बढीमा ६ महिना मात्रै थियो । तर वर्ष बित्दासमेत तदर्थ समितिले जिल्ला न अधिवेशन गरेर नयाँ जिल्ला समिति गठन गर्न सक्यो न समितिलाई नै पूर्णता दिन सक्यो । त्यस कारण बुधवार जिल्ला कार्यसमिति पुनर्गठन गरिएको हो । यो नै वैधानिक जिल्ला कार्यसमिति हो । समानान्तर समिति होइन ।’

यसअघिको जिल्ला तदर्थ समितिका अध्यक्ष र सचिवलाई अरू दलको दलाल भएको आरोप लगाउँदै यादवले भने, ‘ती दुई जनाले नै पर्सामा पार्टीलाई धराशायी बनाएका थिए ।’

बुधवार तेलीको अध्यक्षतामा समानान्तर जिल्ला कार्यसमिति गठन भएपछि तदर्थ समितिका अध्यक्ष रहेका रामनरेश यादवले एक विज्ञप्ति जारी गरेर तेलीको अध्यक्षतामा गठित समिति अवैधानिक रहेको बताएका छन् । जिल्ला सचिव तबरेज अहमदको समेत हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा पार्टी सङ्गठन भताभुङ्ग पार्ने, अराजक प्रवृत्ति र व्यक्तिवादी चिन्तन भएका, पटक–पटक पार्टीको नीतिनियमविरुद्धको कार्य गर्दै आएका व्यक्तिहरूको सोचमा परिवर्तन नदेखिनु पार्टीको लागि आत्मघाती भएको टिप्पणी गरेका छन् ।

पर्सामा गत निर्वाचनदेखि जिल्ला नेतृत्वको विषयलाई लिएर दुई गुटमा विभाजित नेताहरूबिच चर्को विवाद चल्दै आएकोमा बुधवार समानान्तर जिल्ला कार्यसमिति नै गठन भएको छ ।

पर्सामा जसपा भित्र जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, पूर्व मुख्यमन्त्री लालबाबु राउतलगायतका नेताहरूको एक गुट छ भने अर्को गुटको नेतृत्व प्रदीप यादवले गरिरहेका छन् । यादवको गुटमा जसपाका केन्द्रीय सदस्य समेत रहेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार (अजय सर्राफ) लगायत अधिकांश जिल्ला समितिका सदस्यहरू छन् ।

 

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily