Aadarsh-Daily

सिर्सिया नदी प्रदुषित बनाउने उद्योगहरुलाई वीरगन्ज महानगरले फेरि दियो कारबाहीको चेतावनी

ad-4p

वीरगन्ज,१५ असोज : वीरगन्ज महानगरपालिका कार्यालयले सिर्सिया नदीको प्रदुषण अझै नरोकिएको भन्दै नादी प्रदुषित गर्ने उद्योगहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

content ad p2

महानगरपालिकाको नगरपालिका कार्यालयले आइतबार एक सूचना नै जारी गरेर यसअघि नदी प्रदुषित गर्ने पाँच वटा उद्योगलाई जनही ३/३ लाखका दरले जरीबाना गरेर कारबाही गर्दासमेत नदिको प्रदुषण नरोकिएको जनाएको छ ।

content left

वीरगन्ज र छिमेकी भारतीय शहर रक्सौलवासीसंग प्रत्यक्ष जोडिएको सिर्सिया नदी लामो समयदेखि प्रदुषित हुदाँ पर्यावरणीय समस्याका साथै धार्मिक अनुष्ठानका कार्यमा समेत बाधा हुदै आएकोले नदीलाई प्रदुषित नगर्न उद्योगहरुरुलाई असोज २६ गतेसम्मको समय महानगरपालिकाले दिएको छ । त्यो बेलासम्मपनि नदीको प्रदुषण नरोकिएको खण्डमा वीरगन्ज महानगरपालिकाले सम्बन्धित उद्योगहरुलाई वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गर्ने जनाएको छ ।

यसअघि गत चैत १४ गते वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषित गर्ने वीरगन्ज २१ स्थित ग्लोबल लेदर उद्योग प्रालि , अर्निका प्रोसेसिङ उद्योग प्रालि , श्रीसिधी टेक्सटायल्स प्रालि , मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई ३÷३ लाखका दरले जरीबाना गरेको थियो ।

तर जरीबाना सहितको कारबाही गर्दासमेत नदीलाई प्रदु्षित बनाउने कार्य अझै रोकिएको छैन । उद्योगहरुले आफना फोहोर पदार्थ , प्रदुषित रसायनयुक्त पानी , कोइलाको छाइ लगायतका वस्तु सिधै सिर्सिया नदीमा फाल्दै आएका छन् । जसका कारण सिर्सिया नदीमा कालो र दुर्गन्धित लेदोसहितको पानी बग्ने गरेको छ ।

 

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily