Aadarsh-Daily

पानीटंकीका बासिन्दा एकमत हुन थाले ११ हजार हाइटेन्सन हटाउन सबैको माग

ad-4p
content left

बीरगंज २० आसोज : आज बीरगंज महानगरपालिका स्थित वडा नम्बर ८ का पानीटंंकीका स्थानीय बासिन्दाहरुको बृहद भेला सम्पन्न भएको छ । भेलाले ११ हजार केभिएको हाइटन्सन लाइन सिफ्ट माग गर्ने निर्णय सर्वसम्मत रुपमा गरेको समाचार प्राप्त हुन आएको छ । पानीटंकी चोकदेखि पानीटंकी कार्यालयको उत्तर तथा पुर्वपटट्ी रहेको घर धुरीहरुले यो लाइन सिफ्ट गर्न माग गरेका हुन । वडा अध्यक्ष रितेष कुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा डाक्टर अशोक दास, किरण राज पाण्डे, सरेश कुमार बादल, जदु महतो, कामेश्वर प्रसाद,मदन चौबे, रामआशिष कलवार, नसुरुद्धिन अन्सारी, बसुरुद्दिन अन्सारी, गोपाल केडिया, निर्मल मैनाली, जबाहर प्रसदा कलवार, रामेश्वर प्रसाद कलवार, अर्जुन मुरारका, सन्यनाराण अग्रवाल, गणेशमान श्रेष्ठ, बिभा पटेल, मनोज कुमार गुप्ता, निखिल साह, शेष आत्म खातुन, संदिप श्रेष्ठ, हरिनारायण रौनियार , लगायतको सहभागिता रहेको थियो । बैठकमा बिषेष उपस्थितिको रुपमा बीरगंज महानगरपालिका पूर्व मेयर बिजय सरावगी , वडा अध्यक्ष राजकिशोर गुप्ताको पनि सहभागिता रहेको थियो । उहाँहरुले वडाबासिहरुका हितको लागि आफुहरु कुनै पनि कसर बाँकी नराखि काम गर्ने धारणा समेत राख्नुभएको थियो ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily