Aadarsh-Daily

वीरगञ्ज भन्सार नाकाबाट तस्करीको लाइन खुल्ला

ad-4p

वीरगञ्ज – हिन्दुहरुको महान चाँड वडा दशैं नजिकिएसँगै नेपाल भारत सीमा क्षेत्रबाट व्यापक तस्करी सुरु भएको छ । वीरगञ्ज भन्सार, अलौं, सिर्सिया, धोरे, भिस्वा नाकाबाट अहिले व्यापक तस्करी सुरु भएको हो । सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्यले वीरगंज भन्सार नाकाबाट सर्वसाधारणहरुलाई चेकजाँचको बहानामा दुःख दिई तस्करीमा कडाई गरेको ढोल पिटेर भन्सारदेखि ग्रामीण नाकाबाट तस्करीको लाइन खोलेको श्रोतले बताएको छ । इमान्दारिको ढोल पिट्ने सशस्त्र प्रहरी अहिले तस्करहरुसँग महिनावारी असुली तस्करीको लाइन खोलेको बताइएको छ ।

content ad p2

वीरगञ्ज भन्सार नाकाबाट रातिको समयमा कपडा, काजुहरुको खुलेयाम तस्करी हुने गरेको छ । रातिको समयमा मात्रै होइन, दिनमा पनि टेम्पो, अटोमा कपडाको तस्करी भइरहेको तस्कर श्रोतले जनाएको छ । लामो समयदेखि बन्द रहेको भारतीय नामुद तस्कर मुक्तारको तस्करीको लाइन वीरगञ्ज भन्सार मुख्य नाकाबाट नै सुचारु भएको छ । त्यसैगरि शत्रुधन यादवको पनि कपडा तस्करीको कार्य निर्वाद रुपमा चलि रहेको छ ।

content left

मुक्तारले दिनदहाडै वीरगञ्ज भन्सार मुख्य नाकाबाट टेम्पो तथा अटोमा कोची कोची कपडा तस्करी गर्ने गरेका छन् भने शत्रुधन यादवले रातिको समयमा अहिरवाटोला हुँदै बासघारी नाकाबाट इनर्वा, नगवा गाउँ हुँदै वीरगञ्ज बजारसम्म पुर्‍याउने गरेको बताइएको छ । वीरगंज भन्सारको मुख्य नाकामा दुई वटा ठाउँमा सशस्त्र प्रहरीको चेकिङ्ग छ, एक दर्जन भन्दा बढि सशस्त्र प्रहरीहरु ड्युटीमा खटेका हुन्छन् तर दिन दहाडै मुक्तारको तस्करीको कपडा वीरगंज बजारसम्म पुगि रहेको छ । अर्कोतर्फ शत्रुधन यादवको अहिरवाटोला, इनर्वा एवं नगवाबाट कपडा रातिको ११ बजेपछि काजुको तस्करी हुने गरेको छ तर सीमा क्षेत्रमा खटेका सशस्त्र प्रहरी इमान्दारको ढोल पिट्दै आएको छ ।

यसैगरि पत्रकारिताको आडमा एक व्यापारीले माछाको तस्करी गर्दै आएका छन् । नगवाको ४० फिट मुख्य सडकमा माछाको गोदाम राखेका ति तस्करले आफूलाई पत्रकार भन्दै सशस्त्र प्रहरीलाई नजराना बुझाई माछाको तस्करी गर्ने गरेका छन् । यसरी नै आफूलाई पत्रकार भन्दै हिँड्ने अर्का तरकारी तथा फलफुल तस्करले पनि आफ्नो तस्करी कार्यलाई तिब्रता दिएका छन् । राष्ट्रिय मिडिया जस्तै नाम देखिने गरि स्थानीय पत्रिका दर्ता गराई विगत ४ वर्षदेखि बन्द रहेको तर आफूलाई पत्रकार भन्दै तरकारी तथा फलफूल तस्करीलाई तिब्रता दिइएको तस्कर श्रोतले बताएको छ । यसतर्फ पत्रकार महासंघ पनि गम्भिर हुन आवश्यक छ ।

त्यसैगरि ग्रामीण नाका अलौं, सिर्सिया, धोरे, भिस्वा लगायतका नाकाबाट पनि कपडा, काजु, हार्डवेयर, भैसी लगायतको तस्करी खुलेको बताइएको छ । सम्बन्धित सशस्त्र प्रहरी युनिटका इन्चार्जहरुलाई महिनावारी बुझाई तस्करहरुले दशैंको बेला तस्करीको लाइन खुलाएका हुन् ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily