Aadarsh-Daily

विन्दवासिनीका असई तिवारीले दलितमाथि बुट प्रहार गरेको आरोप

ad-4p

वीरगञ्ज । पर्साको विन्दवासिनीमा लागेको मेलामा बलुन (फुलौना) बेचिरहेका एक दलितमाथि प्रहरीले हातपात गरेको आरोप लागेको छ ।

content ad p2

बडादसैँको अवसरमा वीरगञ्ज महानगरपालिका – १९ विन्दवासिनीस्थित अस्थायी प्रहरी पोस्टका प्रमुख  प्रहरी सहायक निरीक्षक (असई) नवलेश तिवारीले स्थानीय दलित युवकमाथि बुट प्रहार गरेको आरोप लागेको हो।

content left

बाटोमा फुलौना बेचिरहेको अवस्थामा असई तिवारीले आफू बुट प्रहार गरी घाइते बनाएको अरुण रामको आरोप छ ।

रामलाई तिवारीले घाइते बनाएपछि स्थानीयहरूले त्यसको विरोधमा केही बेर प्रहरी पोस्ट घेराउ समेत गरेका थिए ।

यस विषयमा बुझ्न तिवारीसँग सम्पर्क गर्न खोज्दा उनको उनको फोन उठेन ।

यद्यपि स्थानीय रवि गुप्ताले भने राजनीतिक रिसीइबी साध्न स्थानीयहरूले विषयलाई बङ्ग्याएको आरोप लगाए । उनले असई तिवारीले कसैमाथि हातपात नगरेको दाबी गरे ।

 

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily