Aadarsh-Daily

पर्साको पोखरियामा कुस्ती दंगल खेल सम्पन्न

ad-4p

पर्साको पोखरिया नगरपालिकामा आज विशाल कुस्ती दंगल खेल सम्पन्न भएको छ। कुस्ती दंगल खेल पोखरीया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्षमण साह कानूको अध्यक्षतामा र पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीको प्रमुख अतिथ्यमा सम्पन भएको हो।

content ad p2
content left

बिजया दशमीको अवसरमा पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित जिल्ला उचाङन रामदेव कलवार प्राविधिक नमुना माध्यमिक बिध्यालयमा आयोजित कुस्ती कार्यक्रममा भारतको बनारस, युपि, लगायत नेपालका नामि पहलवानहरु बिच खेल सम्पन्न भएको हो ।

नव दुर्गा पूजा समिति पोखरिया तथा वडा नम्बर ४ को सयुक्त आयोजनामा सम्पन कुस्ती कार्यक्रममा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युमन प्रसाद चौहान , उप प्रमुख रूबी ठाकुर, पूर्व मेयर दीपनारायण प्रसाद रौनियार, वडा नम्बर १ देखी १० सम्मका वडा अध्यक्ष लगायत कार्यपालिका सदस्य , वडा सदस्य ,पोखरिया नगर पालिकाक लेखापाल मनदीप महतो, अखिल नेपाल पिछडावर्ग ९इद्यऋ०महासंघका केन्द्रीय उपाध्यक्ष एवंम मधेश प्रदेश ईन्चार्ज अकलेश साह, नेकपा एमाले पोखरिया नगर कमिटीका अध्यक्ष बिध्याचल ठाकुर , सचिव संतोष गिरी , नेपाली कांग्रेसका नगर कमिटी अध्यक्ष रामबाबु प्रसाद चौहान , नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ का सभापति राजेश्वर प्रसाद रौनियार, नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ३ का सभापति श्री किसुन प्रसाद चौहान लगायत स्थानिय बासीहरुको सहभागिता रहेको थियो।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily