

रुपेश स्वर्णकारको हत्यामा संलग्नहरु लाई बारा प्रहरीले पत्रकारहरु समक्ष पछि पुनः भौतिक रुपमा सार्बजनिक गरेको छ। सुरुमा फोटो बाट मात्रै घटना को बारेमा पत्रकारहरु लाई जानकारी गराउदा उपस्तिथि पत्रकारहरु भौतिक रुप मै सार्बजनिक गर्नु पर्ने माग राखे पछि पुनः सबै आरोपीहरु लाई पत्रकार सामु उपस्तिथि गराएको छ । बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्या आरोपमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ। सार्वजनिक गरिएकोमा राधा गुप्ता, चन्द यादव, अभिनफ कुमार सिह, जामिल अख्तर, रियाज अन्सारी गरि ५ जना रहेको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताएका छन्।
सार्वजनिक भएका मनोज गुप्ताको प्रेमी रहेकी राधा गुप्तासँग अनैतिक सम्बन्ध राख्दा सरार्फको हत्या मनोजकै संलग्नता गरिएको काफ्लेले बताए।पक्राउ परेकी राधा गुप्ता तीन वर्ष देखि भारत बिहार छौडादनव निवासी मनोज गुप्तासँगको प्रेममा रहेकी र अहिले सरार्फसँग पनि अनैतिक सम्बन्ध राखेकी काफ्लेले बताए।बाल एकता बोर्डिङ स्कुलमा काम गर्न सुरु गरे पछि राधा सरार्फसँग नजिक हुन पुगेकी काफ्लेले बताए। सरार्फसँग पनि राधाले अनैतिक सम्बन्ध राखेको थाहा पाए पछि मनोज गुप्ताले सरार्फलाई राधासँग टाढा रहन भन्दा दुवै जनाको बिचमा पटक पटक झगडा समेत भएको थियो। दुई पटक भएको झगडालाई बाल एकता बोर्डिङ स्कुलकै शिक्षकहरूको रोहबरमा सरार्फ र गुप्ता बिच मिलापत्र गराउने प्रयास गरिएको अनुसन्धानबाट खुलेको काफ्लेले बताए।

