Aadarsh-Daily

प्रहरी यूनिटका इन्चार्जहरु सेटिङ गरेको कारण अभियुक्त अध्यक्ष पटेल पक्राउ पर्न सकेन ?

ad-4p
content left

वीरगंज किर्ते मुद्दाका दुई जना अभियुक्तको नाउँमा पर्सा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको एक साता बित्न लाग्दा पनि प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय पर्सामा किर्ते मुद्दा दर्ता भई अनुसन्धानको क्रममा पर्सा,बहुदरमाई–२ का वडा अध्यक्ष जितेन्द्र पटेल र सोही वडा बस्ने वर्ष ३६ की संगीत देवीको नाउँमा पक्राउ पूर्जी जारी हुँदा पनि प्रहरीले पक्राउ गर्न नसकेको हो । प्रहरीले फेला पार्न नसकेको अवस्थामा गाउँलेले फरार अभियुक्तहरु लुकिछिपी गाउँमै बस्दै आएको बताएका छन् ।
जि ल्ला प्रहरी कार्यालय पर्साकी मुद्दा शाखाकी प्रहरी निरीक्षक मनीषा लौडारीद्वारा पक्राउ पूर्जीसहित मातहतको प्रहरी यूनिटलाई लेखिएको पत्रमा यथासिघ्र पक्राउ गरी जिप्रकामा हाजिर गराउन निर्देशन दिइएको छ । इलाका प्रहरी कार्यालय पोखरिया,प्रहरी चौकी बहुअर्वाभाठ्ठा र विन्दवासिनी प्रहरीलाई यस्तो ताकेदा गरिएको हो । तर अभियुक्तसंग नजिकका प्रहरी यूनिट इन्चार्जहरु सेटिङ गरेको कारण अभियुक्त पक्राउ पर्न नसकेका हुन् । सोही किर्ते मुद्दाका अर्का अभियुक्त विकासप्रसाद यादव केही दिन अघि जिल्ला प्रहरी कार्यालय पर्साबाटै पक्राउ परेका थिए । आफनै मुद्दा बारेमा सोजिल्ला प्रहरी कार्यालय पर्साकी मुद्दा शाखाकी प्रहरी निरीक्षक मनीषा लौडारीद्वारा पक्राउ पूर्जीसहित मातहतको प्रहरी यूनिटलाई लेखिएको पत्रमा यथासिघ्र पक्राउ गरी जिप्रकामा हाजिर गराउन निर्देशन दिइएको छ धपुछ गर्न गएको बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । संगीता देवी पक्राउ परेका विकाशकी श्रीमती हुन् । प्रहरी चौकी विन्दवासिनीका प्रहरी सहायक निरीक्षक नवलेश तिवारी र इप्रका पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीको उदासिन्ताको कारण पर्सा प्रहरीको मातहतको यूनिटले पक्राउ गर्न अटेरी गरेको किर्ते मुद्दाका जाहेरवाला प्रमोदप्रसाद यादवको भनाई छ । प्रमोदका अनुसार नजिकका प्रहरी यूनिटका इन्चार्जहरुकै संरक्षणको कारण हाल सम्म दुबै पक्राउ पर्न नसकेको उनको आरोप छ । प्रहरी यूनिट इन्चार्जसंग बुझ्दा समात्न गएको तर फेला नपरेको बताउँछन् । तर वडा अध्यक्ष पटेल र प्रहरी सहायक निरीक्षक तिवारी निरन्तर सम्पर्क र प्रत्यक्ष भेटघाटमा समेत रहेको बुझिएको छ । एक तस्बिरमा वडा अध्यक्ष र प्रहरी चौकी विन्दवासिनीका सुरक्षाकर्मीहरु कुराकानी गरेको तस्बिर प्रमाणको रुपमा फेला परेको छ ।

content ad p2

वडा अध्यक्ष पटेलले २०७५ सालमा अधिकारको दुरुपयोग गरी कानुन विपरित सिफारिस गर्दै विकासप्रसाद यादवको श्रीमतिलाई निजकै नक्कली कान्छी आमा बनाएर विगत पाँच बर्षदेखि बुवा विनोदप्रसाद यादवको निधनपछि पाउने पेन्सन खुवाउँदै आएको घटना सार्वजनिक भएपछि उक्त घटनामा संलग्नमाथि किर्ते मुद्दा दर्ता भएको हो । सोही मुद्दामा पर्सा प्रहरीले थप अनुसन्धान अघि बढएको बताइएको छ । अभियुक्त पक्राउ गर्ने सवालमा विन्दावासिनीका प्रसनि तिवारीसंग बुझ्दा आफुहरु प्रयास गरेको तर सम्बन्धित मानिस फेला नपरेको प्रतिक्रिया दिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily