Aadarsh-Daily

तीन दिन सम्म जनकपुरधाममा तथा माछा/मासु बिक्री वितरणमा रोक

ad-4p

सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा तीन दिन मदिरा तथा माछा÷मासुको बिक्री वितरणमा रोक लगाइएको छ ।

content ad p2
content left

मंगलबारदेखि सुरु हुन लागेको विवाहपञ्चमी महोत्सव सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउने सन्दर्भमा सोमबार बसेको सरोकारबालासँगको बैठक तथा जिल्ला सुरक्षा समितिको बैठकले मंसिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा÷मासुको बिक्री वितरणमा रोक लगाएको छ ।

यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, सेवन तथा पशुपंक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

सूचनाको विपरित निषेधित क्षेत्रमा उक्त कार्य गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने जनाइएको छ ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily