Aadarsh-Daily

सप्तरीमा परीक्षा शुल्कको नाममा थप रकम लिएको विषयमा विवाद हुँदा दुई विद्यार्थी कुटिए

ad-4p

सप्तरी । सप्तरीको राजविराज नगरपालिकाको एक विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट विद्यार्थी कुटिएका छन् । राजविराज– १६ बोरियास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले परीक्षा शुल्कबारे प्रश्न गर्दा दुई विद्यार्थीमाथि कुटपिट गरेका हुन् । विद्यालयको कक्षा १० मा अध्ययनरत विकास मण्डल र रोशन साहलाई प्रधानाध्यापक रमानन्द सुनरैत यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेश यादवले मंगलबार निर्घात कुटपिट गरेका हुन् । परीक्षाको फर्म भरेबापत शुल्क तिरेपनि शिक्षकले परीक्षा शुल्कको नाममा थप रकम माग्दा प्रश्न गरेपछि आफूहरूलाई निर्घात कुटपिट गरेको विकासले सुनाए ।‘यहाँ कक्षा १० को फर्म भर्न एक हजार शुल्क लिइन्छ, जब कि अन्य स्कुलमा चार सय मात्र छ। तर, पनि दिएँ,’ उनले भने, ‘पछि परीक्षाको एडमिट कार्ड लिन जाँदा थप चार सय रुपैयाँ मागे ।’उक्त संवाद साथीहरूले भिडियो बनाएर फेसबुकमा पोस्ट गरिदिएका र सोही विषयलाई लिएर प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षले कुटपिट गरेका विकासले बताए ।

content ad p2
content left

‘हेडसरले मलाई बोलाएर स्कुलको इज्जत किन्न उडाएको भनेर सोध्नुभयो,’ उनले भने, ‘परीक्षा दिइरहँदा जयराम साह सरले कक्षामा आएर मोबाइल खोसेर लगे ।’छुट्टी भएपछि प्रधानाध्यापकसँग मोबाइल माग्न जाँदा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेशले कुटपिट गरेको विकासले सुनाए ।उनका अनुसार रितेशले शौचालयमा लगेर जबर्जस्ती नग्न दृश्य खिचेको र त्यसलाई सार्वजनिक गरिदिने धम्की दिएका छन्। ‘मलाई कुट्दाकुट्दै शौचालयमा लगे, रितेश यादवले हातमा फलामको रड लिएर मलाई कपडा खोल्न भने। नखोले रडले टाउकोमा हान्ने धम्की दिए,’ विकासले भने ।सोही विद्यालयका विद्यार्थी रोशन साहले आफूमाथि पनि कुटपिट भएको बताए । उनीहरू गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार गराएर बुधबार घर फर्किएका छन् ।

प्रधानाध्यापक र अध्यक्षले भने विद्यार्थीलाई कुटपिट नगरेको दाबी गरे । मोबाइल लिन आउँदा अभिभावकलाई बोलाएर ल्याउनु भनेपछि विद्यार्थीले अभद्रता देखाएको र त्यस क्रममा घम्साघम्सी हुँदा टेबुलमा ठोक्किएर चोट लागेको प्रधानाध्यापक यादवले बताए । कक्षा ९ का लागि पाँच सय र कक्षा १० का लागि एक हजार रजिष्ट्रेसन शुल्क लिइरहेको भने प्रधानाध्यापक यादवले स्वीकारे । ‘कक्षा ९ को रजिष्ट्रेसनको राजस्व दस्तुर तीनसय नै हो तर एकसय रुपैयाँ फारम पठाउनका लागि मसलन्द खर्च वापत् र एकसय रुपैयाँ कक्षा १० को विद्यार्थीको विदाई कार्यक्रमका लागि लिइएको हो,’ उनले भने ।

यस्तै कक्षा १० को लागि रजिष्ट्रेसनको राजस्व शुल्क पाँच सय मात्र भएपनि परीक्षापछि ग्रेडिङ सिटको लागि दुई सय ५०, प्रयोगात्मक परीक्षाका लागि एकसय ५० र फारम पठाउन मसलन्द वापत एकसय गरि एक हजार लिएको प्रअ यादबले स्वीकारे । उनले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालय सुधार सहयोग रकम लिईरहेको दाबी गरे । ‘अतिथी सत्कार,विजुली बिल,पार्ट टाइम शिक्षक,कम्प्युटर शिक्षा,इ–लाइब्रेरीका लागि विद्यार्थीवाट सहयोग शुल्क लिईएको हो’ प्रअ यादवले भने । प्रश्न गरेको नाममा विद्यार्थी कुटेको विरोधमा विद्यार्थीले बुधबार राजविराजमा चर्को आन्दोलन गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डीराज न्यौपानेले घटनाबारे जिल्ला प्रहरीमा जानकारी आएको र दुवैपक्षलाई राखी कुरा बुझ्ने कार्य भइरहेको बताए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily