Aadarsh-Daily

मधेश प्रदेशः सहकारीका कर्मचारीबाट पाँच लाख रुपैयाँ लुटियो

ad-4p

सर्लाही । सर्लाहीमा सहकारीका कर्मचारीको साथबाट अज्ञात समूहले पाँच लाख रुपैयाँ लुटेर फरार भएका छन् । बिहीबार बिहान करिब साढे ११ बजेको समयमा हरिपूर्वा नगरपालिका ६ हनुमान चोकस्थित लुटपाट भएको प्रहरीले जनाएका छन् ।

content ad p2
content left

हरिपूर्वा स्थित रहेको बैंकबाट रकम झिकी जयगंगा बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र बसन्तपुरपुरतर्फ जाँदै गर्दा मोटरसाइकलमा सवार भएर आएका दुईजनाले पैसा लुटेर फरार भएको खबर प्रहरीमा आएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक थारुले लुटपाटमा संलग्नहरुको खोजी सुरु गरिएको बताए । उनले खोजीका लागि नाकामा कडाई गरिएको भन्दै प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको टोली खटेको जानकारी दिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily