Aadarsh-Daily

जनकपुरधाममा एक बालकको हत्या

ad-4p

जनकपुरधाम । जनकपुरधाममा एक बालकको हत्या भएकाे छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ हनुमाननगरमा मामाको घरमा बस्दै आएका अन्दाजी १०/११ वर्षीय बच्चा आदित्य ठाकुरको हत्या भएको प्रहरीले जनाएकाे छ। शुक्रबार साँझ घरबाट निस्केका बालक नआएपछि उनका परिवारले बेलुका ८ बजेतिर प्रहरीलाई खबर गरेको थिए।

content ad p2
content left

खोजतलास गर्ने क्रममा हनुमाननगरमै बालक घाइते अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।घाइते बालकलाई उपचारको लागि प्रादेशिक अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

प्रहरीले अनुसन्धानकै क्रममा दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको डिएसपी अवाले बताए। डिएसपी अवाका अनुसार बालकको अनुहारमा चोटपटक लागेको थियो भने कानबाट रगत बगेको थियो। थप अनुसन्धान बाट खुल्ने उनले बताए।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily