Aadarsh-Daily

वन कर्मचारीहरूकै मिलेमतोमा पर्सामा काठको तस्करी

ad-4p

वीरगञ्ज । आर.के.पटेल । पछिल्लो समय पर्सामा रहेको राष्ट्रिय जंगलबाट काठको तस्करी बढेको छ। तस्करहरूले वनबाट दिनदहाडै रुख काटेर तस्करी गर्ने गरेका छन्। पछिल्लो दुई हप्ताको अवधिमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट धमाधम तस्करीको लागि वनबाट काटेर ल्याइएको काठ बरामद गरेको छ।राष्ट्रिय जंगलबाट काटेर ल्याई तस्करी गर्नको लागि लुकाएर राखिएको काठ प्रहरीले जिल्लाको पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका लगायतका स्थानबाट बरामद गरेको हाे। उक्त पालिका वनसँगै जोडिएका पालिका हुन्।

content ad p2
content left

राष्ट्रिय वनमा चोरी तस्करी रोक्नको लागि डिभिजन वन कार्यालयको सब डिभिजन कार्यालय रहेको भए पनि कर्मचारीहरूकै कमजोरी र लापरवाहीका कारण राष्ट्रिय जंगलबाट काठको तस्करी भइरहेको साझेदारी वनका अध्यक्षहरूले बताएका छन्। वन कर्मचारीहरूकै मिलेमतोमा जंगलबाट काठ तस्करी हुने गरेको तथा तस्करहरू पक्राउ परे पनि सामान्य जरिवानामा छुट्ने गरेकाले पनि काठको तस्करी बढदै गएको गादीमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष सहरुम गदीले बताए।

आफूले थुप्रै पटक काँचो रुख जंगलमा काटिएको फोटो प्रमाण पनि डिभिजन वनमा पठाउँदा समेत कारवाही नभएको उनको भनाइ छ। पर्सामा रहेको वन जंगलबाट सधैंजसो काठको तस्करी हुने गरेको तथा दाउराको लागि स्थानीयले पनि काँचो रुख काट्ने गरेका छन्। आफ्नो क्षेत्रमा रहेको वनमा तस्करी रोक्न पहिलो काम गर्ने बिन्दबासिनी कोइलाभार साझेदारी वन व्यस्थापन समूहका नव निर्वाचित अध्यक्ष रिजवानुल हकले जानकारी दिए।

‘राष्ट्रिय वनको सुरक्षाको लागि ठाउँठाउँमा डिभिजन वन कार्यालयहरू पर्सामा पनि स्थापना भएका छन्। तर पनि काठ तस्करहरूलाई समात्न भने ती कर्मचारीले सक्दैनन्’, उनले भने। चोरेर तस्करीको लागि ल्याइएको काठसँगै तस्करलाई पनि समात्ने प्रयासमा आफूहरू लागि परेको डिभिजन वन कार्यालय, पर्साका प्रमुख सुवास चन्द्र दासले दाबी गरे। वन कर्मचारीहरूले जति प्रयास गरेपनि पर्सामा रहेको वनबाट रुख काटेर तस्करहरूले काठ तस्करी गर्न भने छोडेका छैनन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily