Aadarsh-Daily

तेलि कल्याण समाजद्वारा स्वजातिय जनप्रतिनिधिहरुलाई सम्मान

ad-4p
content left

वीरगंज । तेलि कल्याण समाज पर्साले शनिबार स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित स्वजातिय जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
समाजका अध्यक्ष ध्रुव साहको अध्यक्षतामा भएको एक कार्यक्रममा बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, बहुदरमाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष प्रमोद साह, वडा नं. ८ का वडाध्यक्ष पुनिलाल साह तेलि, धोबिनी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष बन्धु साह तेलि, पोखरिया नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किशोरी साह, जिल्ला समन्वय समिति पर्साका सदस्य रेखा साह, वीरगंज २७ का वडा सदस्य संदिप कुमार साह लगायतका एक दर्जन भन्दा बढी नवनिर्वाचित जनप्रतिनिधिहरुलाई समाजले सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तेलि कल्याण समाजका केन्द्रिय उपाध्यक्ष बिश्वनाथ साह, कार्यक्रमका बिशिस्ट अतिथि प्रदेश सभा सदस्य राजेश्वर साहले नवनिर्वाचित सदस्यहरुलाई गमछा, माला र अबिरको टीका लगाएर सम्मान गरेका थिए
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य राजेश्वर साहले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई उदाहरणिय काम गर्न सुझाव दिए । उनले जुन सुकै दलबाट निर्वाचित भएपनी सबैको सझा जनप्रतिनिधि बन्न आग्र्ह गरे ।

content ad p2

वीरगंज पब्लिक क्लेजको सभा हलमा भएको सम्मान कार्यक्रममा अधिवक्ता रामेश्वर साह, नेपाली काङ्ग्रेस कालिकामाई गाउँपालिका सभापती छ्ठु साह, समाजका अगुवा छोटेलाल साह, तेलि कल्याण समाज पर्साका जिल्ला सचिव बिरेन्द्र साह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily

सखुवाप्रसौनीमा शैक्षिक सुधार अभियान तीव्र, २५ शिक्षक सरुवा र दरबन्दी मिलान

Aadarsh Daily