Aadarsh-Daily

नेपालको मदरसाले आतंकवादी पोसिरहेको भारतको आरोप

ad-4p
content left

वीरगञ्ज ६ असार । भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ ।

राष्ट्रिय नागरिक दैनिकमा प्रकाशित एउटा समाचारका अनुसार नेपाल-भारत सहसचिव स्तरीय सीमा व्यवस्थापनसम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुप’ (जेडब्लजी) को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो ।

नेपाल-भारत सीमा व्यवस्थापनको १२ औँ बैठकमा भारतीय पक्षले सीमासम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले  प्रतिवाद गरेको थियो ।

बैठक बुधबार र बिहीबार नयाँ दिल्लीमा बसेको थियो । वार्तामा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्तिसुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले गरेका थिए ।

भारतीय टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशीष कुमारले गरेका थिए

content ad p2

सम्बन्धित खबर

आफ्नै युट्युब च्यानलमा सलमान खान, सिकाउँदै आफ्नो चर्चित अभिनय

Aadarsh Daily

दिल्लीमा जेनजी प्रदर्शनको तयारी, सुरक्षा कडा; २५० रेल र ४५ मेट्रो स्टेसन बन्द

Aadarsh Daily

निर्वाचन आयोगविरुद्ध प्रदर्शनको तयारी, ध्रुव राठीसहितका व्यक्ति हिरासतमा

Aadarsh Daily