Aadarsh-Daily

कालिकामाईमा गर्भावतीकाे लागि नि:शुल्क एम्बुलेन्स सेवा

ad-4p

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएकाे छ । गाउँपालिकाले साेमबार एक सूचना जारी गर्दै गाउँपालिकाका सम्पूर्ण गर्भावती महिलाहरुकाे लागि नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने जनाएकाे हाे ।

content ad p2
content left

प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीद्वारा जारी सूचनामा गाउँ कार्यपालिकाकाे पहिलाे बैठककाे निर्णय अनुसार कालिकामाई गाउँपालिकाका सम्पूर्ण गर्भावती महिलाहरुका स्वास्थ्य जाँच गर्न गाउँपालिकाकाे स्वास्थ्य चाैकीबाट अन्य ठाउँमा स्वास्थ्य जाँच गर्नकाे लागि पठाउँदा गाउँपालिकाद्वारा संचालित एम्बुलेन्सबाट नि:शुल्क सेवा उपलब्ध गाराइने जनाइएकाे छ ।

साे सूचनामा एम्बुलेन्स चालकहरु राजेश महताे काेइरी – ९८०७११९३५२, गाेरख महताे काेइरी – ९८०७१८७८६२ र अरविन्द पटेल – ९८०७२७३१४८ नम्बहरु पनि सार्वजनिक गरिएकाे छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily