Aadarsh-Daily

तराईका युवाहरुको बिहे हुनै छाडेको टिप्पणी गर्छन माननिय अनिल कुमार झा

ad-4p

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल झाले तराईका युवाहरुको बिहे हुनै छाडेको टिप्पणी गरेका छन् ।

content ad p2

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले विदेशी बुहारीहरुलाई तुरुन्तै नागरिकता नदिने भनी भएका बहसपछि तराईका युवाहरुको बिहे हुनै छाडेको गुनासो गरेका हुन्।

content left

विदेशी बुहारीहरुलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियम प्रस्तावित व्यवस्थाको कारणले तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको छैन्,’ उनले भने ।

नागरिकता तुरुन्तै नपाउने प्रस्तावित व्यवस्थाकै कारण भारतीय युवतीहरुले नेपालका युवाहरुसंग बिहे गर्न मान्न छाडेको उनको भनाइ छ ।

‘भारतका सजातीय केटीहरु अब नेपालमा बिहा गर्न मान्दैनन् । यसको समाधान कसरी हुन्छ राज्यले त्यसको व्यवस्था के गर्न सक्छ,’ नेता झाको सरकारलाई प्रश्न छ ।

सम्बन्धित खबर

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

उपभोक्ता समिति गठनमा गडबडी, पर्यटन कार्यालयले सबै चिठी रद्द गर्‍यो

Aadarsh Daily