Aadarsh-Daily

घुसको रकमसहित मालपोत कार्यालय पर्साबाट बिचौलिया पक्राउ ।

ad-4p

वीरगञ्ज । पर्साबाट एकजना बिचौलिया रंगेहात पक्राउ परेका छन् । मालपोत कार्यालय पर्साबाट उमा पाण्डे भनिने दिनेश पाण्डेलाई वडा प्रहरी कार्यालय बिर्ताले घुसको रकमसहित रंगेहात पक्राउ गरेको हो ।

content ad p2
content left

घुस मागिरहेको सूचना राजकुमार झाले प्रहरीलाई दिएपछि वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले लेखापढीको काम गर्ने पाण्डेलाई पक्राउ गरेको हो ।

लालपुर्जा बनाउनका लागि पाण्डेले सेवाग्राहीसँग मागेको १ लाख २५ हजार रकमसहित रंगेहात नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily