Aadarsh-Daily

मधेश सरकारले खर्च गर्न सकेन बजेट, ३५ प्रतिसत कटाउन मुस्किल

ad-4p

वीरगञ्ज, ८ अषाढ । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा समेत अधिकांश विनियोजित बजेटको ३५ प्रतिशत पनि खर्च कटाउन सकेका छैन ।

content ad p2
content left

मधेश प्रदेशले चालु आर्थिक वर्षका लागि कुल ३४ अर्ब २२ करोड ७० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । तर, चालु आर्थिक वर्षको ११ महिनासम्ममा कुल बजेटको ३३.९९ प्रतिशतमात्र बजेट खर्च हुन सकेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

समीक्षा अवधिमा प्रदेशले चालुतर्फ ६ अर्ब ८४ करोड ३७ लाख रुपैयाँ र पुँजीगततर्फ ४ अर्ब ७८ करोड ९६ लाख गरी कुल ११ अर्ब ६३ करोड ३४ लाख रुपैयाँ खर्च भएको छ ।

तर, चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेटको एकतिहाइ पनि राम्रोसँग खर्च गर्न नसकेको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि भने थप १३ अर्ब ८ करोड ९५ लाख रुपैयाँले बजेट बढाउँदै कुल ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँ विनियोजन गरेको छ । जुन चालु आर्थिक वर्षको भन्दा २७.९२ प्रतिशतले बढी हो ।

सम्बन्धित खबर

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

उपभोक्ता समिति गठनमा गडबडी, पर्यटन कार्यालयले सबै चिठी रद्द गर्‍यो

Aadarsh Daily