Aadarsh-Daily

बिरगंज महानगर ले ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार बराबरको बजेट ल्याए

ad-4p
content left

मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार महानगरको ११ औँ नगर सभामार्फत् महानगरले अगामी आर्थिक वर्षको लागि बजेट नीति तथा कार्यक्रम ल्याएको हो । नगर सभामा महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्षको लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार बराबरको बजेट सार्वजनिक गरे । आगामी आर्थिक वर्षको बजेट खर्चको स्रोत आन्तरिक आयबाट ९५ करोड, संघीय सरकारबाट प्राप्त हुने एक अर्ब ७० करोड ६२ लाख ५८ हजार, प्रदेश सरकारबाट प्राप्त हुने ७ करोड ९८ लाख २४ हजार, क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एसियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार, सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिबाट ९६ लाख र युनिसेफबाट २५ लाख जुटाउने भनिएको छ । नगर सभामा महानगर प्रमुख राजेशमान सिंहले अगामी आर्थिक वर्षको नीति सार्वजनिक गर्नुभएको थियो । आगामी आर्थिक वर्षमा महानगरको कर प्रणालीलाई वैज्ञानिक र व्यावहारिक बनाउने प्रतिबद्धताअनुसार कर प्रणालीलाई पुनरावलोकन गर्दै करको दर नबढाई दायरा बढाउने नीति लिइएको छ । आगामी आर्थिक वर्षमा वडा नम्बर १७ देखि ३२ नम्बरका वडाहरूको घर नक्सा पास गर्दा पुस मसान्तसम्म ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । नगर क्षेत्रमा सार्वजनिक शौचालय निर्माण, पुरानालाई मर्मत, सहरमा जालो झैँ रहेका टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकका तारहरू व्यवस्थित र होल्डिङ बोर्डहरू हटाउने महानगरले नीति लिएको छ । महानगरमा रहेका सार्वजनिक पोखरी संरक्षणका साथै सिर्सिया नदीको सफाइ, भेडाहा नदीले गर्ने खेतीयोग्य जग्गाको कटान र क्षति नियन्त्रणको लागि यसै वर्षदेखि तटबन्ध निर्माण गर्ने कार्य पनी महानगरले समावेश गरेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २१ म कृषि बजार स्थापना, वडा नम्बर ३० र ३१ मा गुठीको नाममा रहेको ६ सय ५० विगहा जग्गा भाडामा लिएर औद्योगिक क्षेत्र स्थापना गर्न अध्ययन अगाडि बढाउने नीति लिइएको छ । वीरगञ्ज्मा रहेको नारायणी,आदर्श नगर रंगशाला, स्विमिङ पुलको स्तरोन्नति गर्ने, पत्रकारलाई भइपरी आउने स्वास्थ्य तथा दुर्घटनाको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्य तथा दुर्घटना बीमा गरिने नीति महानगरको रहेको छ । नेपालमै नमूना हुने गोदाम, पार्किङ र अन्य सुविधासहित ट्रान्सपोर्ट नगर स्थापना, महानगरका ३२ वटै वडालाई जोड्न चक्रपथ निर्माण गरिने, पर्यटकीय क्षेत्र बिन्दबासिनी मन्दिर, पिपरा मठ, भिष्वा चैत्य बिहारको डिपिआर तयार गरी निर्माण कार्य अगाडि बढाइने नीति समावेश गरिएको छ ।

content ad p2

सम्बन्धित खबर

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily

एमालेबाट प्रदीप यादव र रिमा कुमारी यादवको उम्मेदवारी दर्ता

Aadarsh Daily