
पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिको बिरोधमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल पर्साले संयुक्त रुपमा शुक्रबार वीरगञ्जमा रांके जुलुस प्रदर्शन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष मोहमद निजामको अध्यक्षतामा वीरगञ्जको गिता मन्दिर रोडबाट निस्केको रांके जुलुस माइस्थान चोक हुँदै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।प्रदर्शनकारीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीको बिरोधमा नाराबाजी गर्नुका साथै राजीनामा माग गरेका थिए ।अरु बेला प्रदर्शनकारीहरुले निकाल्ने रांके जुलुसमा प्रहरीले हस्तक्षेप गर्ने गरेको भए पनि शुक्रबारको प्रदर्शनमा भने प्रहरी रमिते भएर बसेको देखियो ।
ठाकुरराम क्याम्पस गेट अघिबाट प्रदर्शनकारीले राकें जुलुस निकाल्दैछन् भनेर पूर्व सूचना पाएको प्रहरीलाई चक्मा दिंदै प्रदर्शनकारीहरुले गीतामन्दिर रोडबाट जुलुस निकालेपछि प्रहरी झुक्किन पुग्यो ।

माइस्थान चोकमा खटिएको प्रहरी पनि रांके जुलुस देखेर केहीबेर अलमलमा पर्यो । प्रदर्शनकारीको भीडमा एक जना प्रहरी मात्रै रांको खोस्न दौडेको देखियो ।
गीता मन्दिरबाट घण्टाघर आइपुग्दा पनि प्रहरीले प्रदर्शनकारीबाट रांको खोस्न नभ्याएको दृश्यले प्रहरीको सकृयता फितलो रहेको देखायो । घण्टाघरमा पुगेर कोणसभामा परिणत भएपछि भने वडा प्रहरी कार्यालय विर्ता र जिल्ला प्रहरीको टोली पुगेको थियो ।उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य विस्वराज पटेल, रबि गुप्ता जिल्ला कमिटी सचीव अर्जुन नेपाल जिल्ला सदस्य प्रमोद पटेल, दाउद अलि , निरोज सेख , अमिर खान , अब्दुल हवारी , नुरुल्लाह अन्सारी, उमेश पटेल , तृलोकी पटेल,आयुष पटेल, राजन पटेल,बिनेक पटेल,निलेस पटेल,राजा पटेल, प्रदिप साह लगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रम संचालन जिल्ला कमिटी सदस्य प्रमोद राज पटेलले गरेका थिए ।

