Aadarsh-Daily

सखुवाप्रसौनी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्जनिक

ad-4p

पर्साको सखुवाप्रसौनी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्जनिक गरेको छ । नीति तथा कार्यक्रमबाट ५७ करोड ६९ लाख २१ हजार ७६ रुपैया बराबरको बजेट गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट महतोले प्रस्तुत गरिन् । नीति तथा कार्यक्रममा गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने योजनालाई प्राथमिकता मा राखिएको छ । यसका अलावा शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई नीति तथा कार्यक्रममा बढी जोड दिइएको छ ।

content ad p2
content left

गाउँपालिकाका सुत्केरी, गर्भवति महिला,सुतकेरी महिला,र ज्येष्ठ नागरिकका लागि निःशूल्क एम्बुलेन्सको व्यवस्था गर्ने गाउँपालिका मा बिबिएस कक्षा संचालन मा ल्याने बाँकी रहेको स्वास्थ्यकर्मी संस्थामा बर्थिंग सेन्टर सञ्चालनमा ल्याउने र वडा २ मा १५ सैयाको अस्पताल स्थापना गर्ने विशेष योजना रहेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताए ।

ऐतिहासिक पारसनाथको मन्दिरलाई धार्मिक एवम् पर्यटकिय स्थलको रुपमा बिकास गर्ने गाउँपालिकाको योजना छ । पर्सागढीको कोइलाभार मन्दिरदेखि सखुवनीया हुँदै सिद्धपुरस्थित शिवधाम मन्दिरलाई पनि धार्मिक पर्यटकिय क्षेत्र बनाइने अध्यक्ष यादवले बताए । युवा तथा खेलकुद बिकासको लागि पनि गाउँपालिका गम्भिर रहेको अध्यक्ष यादवको भनाई छ । शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन गर्ने गरी काम गर्ने अध्यक्ष यादवको प्रतिबद्धता छ ।

यसवन्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, वडा नम्बर १ का वडाअध्यक्ष बासुदेव महतो थारु, २ का अध्यक्ष चिरंजिवि प्रसाद महतो थारु, ३ का अध्यक्ष मोजामिल अन्सारी, ४ का अध्यक्ष महम्मद अरिफ अन्सारी, ५ का अध्यक्ष अशेश्वर प्रसाद यादव र ६ का अध्यक्ष मुन्ना प्रसाद कम्कर, वडा सदस्य, गाउँपालिकाका जनप्रतिनीधि, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily