Aadarsh-Daily

जसपाले पनि मन्त्रीहरु फेर्दै , नयाँ मन्त्रीहरु तोक्ने अधिकार उपेन्द्रलाइ

ad-4p

जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि संघीय सरकारमा रहेका आफना सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

content ad p2

सोमबार साँझ बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव समूहको बैठकले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

content left

बैठकमा उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्यहरू मात्र सहभागि थिए । उक्त बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका पक्षका कुनै कार्यकारिणी सदस्यलाई बोलाइएको थिएन। बैठकले सरकारमा अब कसलाई मन्त्री बनाउने भन्ने अधिकार उपेन्द्रलाई दिने निर्णय समेत गरेको छ ।

कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षका सदस्यको बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहितका नेताहरुलाई कारबाही गर्ने अधिकार पनि यादवलाई दिइएको छ। पछिल्लो समय जसपाका बाबुराम र उपेन्द्र गरी दुई गुटमा विभाजित भएको छ।

प्रचण्डसँगको भेटमा यादवले नेकपा एसले मन्त्रीहरू फिर्ता बोलाएर नयाँ मन्त्रीलाई शपथग्रहण गराएपछि आफ्नो पार्टीमा पनि मन्त्री फेरबदलको लागि सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा प्रचण्डले पार्टीबाट औपचारिक निर्णय गरेर आउन भनेपछि सोमबार साँझको कार्यकारिणी बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको हो।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, वन मन्त्री रामसहाय प्रसाद यादव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय मन्त्री महिन्द्रराय यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव सरकारमा सहभागी रहेका छन्। साभार:अन्नपूर्णपोष्ट

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily