Aadarsh-Daily

वीरगंजको सिदार्थ मा.विमा आजबाट एनसीसी सम्बन्धि तालिम सुरु

ad-4p
content left

पर्सा-वीरगंज महानगरपालिका वडा नम्बर १४ पिपरामा रहेको सिदार्थ माध्यमिक विद्यालयमा आज मङ्गलबार देखि एनसीसी सम्बन्धि तालिम सुरुभएको छ । विद्यालय व्यवस्थापन समितिको आयोजनामा आज देखि ८९ दिन अर्थात करिब ३ महिना सम्म चल्ने तालिममा सहभागी विद्यार्थीहरुलाई आज श्रीजंग गण वीरगंजका गणपति डायमण्ड कार्कीले प्रशिक्षण दिनुभएको छ । श्रीजंग गण वीरगंजका प्रधान सेनापति समेत रहनुभएका  कार्कीले एनसीसी सम्बन्धि विद्यार्थीलाई उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।विद्यालय व्यवस्थापन समितिका बरिष्ट सदस्य शिवशंकर पटेलको अध्यक्षतामा सुरु भएको तालिमा विद्यालयका प्रधानाध्यापक अनिल कुमार वर्णवाल , सह प्रधानध्यापक दयाप्रेमी रौनियार , शिक्ष रामअवधेश यादव , यस्तै गरी देवलाल प्रसाद कुर्मी , अतुल कुमार लाल , प्रकास मिश्रा र कृष्ण यादव , लगायतको सहभागिता रहेको थियो ।

content ad p2

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily