Aadarsh-Daily

अबैद्ध हतियार सहित सर्लाहीका १ जना पक्राउ

ad-4p
content left

वीरगंज –प्रहरीले सर्लाहीका १ जनालाई अबैद्ध हतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका हरिवन नगरपालिका वडा नम्बर ११ मा किराना पसल सञ्चालान गरेका छोटेलाल दास रहेका छन ।
आफ्नै पसलमा झोला भित्र लुकाएर राहेको कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद भएपछी प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढा थोकिका अनुसार बिशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले दासको पललाई खानतलासी गर्दा झोलामा लुकाई राखिएको अवस्थमा एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोलि प्रहरीले बरामद गरेको हो ।
प्रहरीले अबैद्ध पेस्तोल र गोलिसहित पक्राउ गरेको पसलका सञ्चालक दासमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता समेत रहेको बुढाथोकीले बताउनुभयो ।

content ad p2

सम्बन्धित खबर

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

उपभोक्ता समिति गठनमा गडबडी, पर्यटन कार्यालयले सबै चिठी रद्द गर्‍यो

Aadarsh Daily