Aadarsh-Daily

एकै दिन जसपाको छुट्टाछुट्टै केन्द्रीय समितिको काठमाडौं र वीरगन्जमा बैठक बस्दै

ad-4p
content left

वीरगञ्ज, २३ अषाढ । एउटै मितिमा जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ।
कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले यही असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएका छन् भने बाबुराम भट्टराइ पक्षले असार २८ र २९ गते काठमाडौंमा बैठक बोलाएका छन् ।
यादवले बोलाएको बैठकमा संघीय परिषद्का अध्यक्ष भट्टराईलाई समेत निम्ता नगरिएको भट्टराई पक्षीय नेताहरूको भनाइ छ ।
कार्यकारिणी अध्यक्ष यादवले यसअघि बोलाइएको बैठकको मिति सारेर असार २९ र ३० गते बैठक बोलाएका हुन्। जसपाको नेताहरू अब स्पष्ट रूपमा दुई कित्तामा बाँडिने भएका छन्। भट्टराई पक्षीय नेताहरू काठमाडौंमा तथा यादव पक्षीय नेताहरू वीरगन्जमा सहभागी हुने भएका छन् ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily