Aadarsh-Daily

अवैध क्रसर र वन माफियालाई तह लगाउने –वनमन्त्री

ad-4p

सङ्घीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले वन तथा क्रसर माफियालाई तह लगाउने चेतावनी दिएका छन्।

content ad p2

मन्त्रालयमा प्रतीककर्मीसँग कुराकानी गर्दै उनले चुरे क्षेत्रमा सञ्चालनमा रहेका अवैध ढुङ्गा क्रसर उद्योग तथा राष्ट्रिय वन क्षेत्रबाट काठको चोरी तस्करी गर्ने माफियाहरूलाई तह लगाउने बताए।

content left

उनले आफ्नो पाँच महीने कार्यकालमा वन तथा ढुङ्गा, गिट्टी माफियाहरूको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको र त्यसपछि उनीहरूलाई कानूनी दायरामा ल्याउने बताए। उनले वन्यजन्तुको चोरी शिकारी गर्ने माफियाहरूलाई पनि नछोड्ने बताए।

“मेरो पहिलो जिम्मेवारी राष्ट्रिय वन, वन्यजन्तु तथा प्राकृतिक सम्पदाको  संरक्षण गर्नु हो, त्यसको लागि मैले काम अघि बढाइसकेको छु,” उनले भने, “अवैध क्रसर उद्योगको उठीबास गरी काठ तथा वन्यजन्तुको चोरी शिकारी रोक्न पनि रणनीति बनाउँदैछु।”

उनले चुरे क्षेत्र संरक्षणको लागि आवश्यक ऐन बनाउन पनि सरोकारवाला मन्त्रीबीच सैद्धान्तिक सहमति गराउन पहल गर्ने बताए। उनले वन क्षेत्रमा अवैध अतिक्रमण हटाउने बताए।

मन्त्री यादवले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र द्रुतमार्गको निर्माणमा सहयोग गर्ने बताए। उनले आगामी आवको बजेटमा ढुङ्गा, गिट्टी भारत निकासी बन्द गर्न ऐन बनाउने बताए। चुरेको ढुङ्गा फोरेर गिट्टी भारत निकासी भइरहेको व्यवस्थाबारे अध्ययन गरिरहेको र राष्ट्रहितविपरीत छ भने संशोधन गराउने जानकारी गराए।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily