Aadarsh-Daily

प्रमुख जिल्ला अधिकारी संग मल उपलब्ध गराउन गाउँपालिकाका अध्यक्ष तिवारीको माग

ad-4p

वीरगंज –पर्साको विन्दवासिनी गगाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले किसानलाई तत्काल कृषि मल उपलब्ध गराउन माग गर्नुभएको छ । आज शुक्रबार पर्साको प्रमुख जिल्ला अधिकारि उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउदै गाउँपालिका अध्यक्ष तिवारीले धान रोपाईको बेला सुरु भईसकेको हुदा किसानलाई यथा स्तिथिमा मल उपलब्ध गराउन माग गर्नुभएको हो ।

 

content ad p2
content left

नेपालमा ८० प्रतिशत जनता कृषि पेशामा नै आधारित रहेको र राज्यले समेत बर्षेनी अर्बो रुपैया छुट्याउने गरेको तर समयमा कृषकहरु मल नपाउन सकेको प्रति आपति जनाउनुभाएको छ । उहाले आर्थी बर्ष २०७८÷७९ मा १५ अर्ब रुपैया बिनियोजन भएको तर समयमा मल खरिद नहुदा मुलुक भरी नै मलको हाहाकार मचेको बताउनुभयो ।

 

पर्साको १४ वटै पालिकामध्ये विन्दवासिनी गाउँपालिकाका किसानले मल नपाएर छटपटी रहेको प्रमुख जिल्ला अधिकारि ढकाललाई जानकारी गराउनुभयो । कृषि सामग्री संस्थान र साल्टट्रेडिंगले विन्दवासिनी गाउँपालिका संग कुनै समन्वय नगरी ५५० बोरा डिएपी र युरिया कृषि ज्ञान केन्द्र पर्सा मार्फत सामाजिक सञ्चालमा जानकारी गराई बिभिन्न सहकारी संस्थाहरुलाई वितरण गरेको प्रति गाउँपालिका अध्यक्ष तिवारीले आपति जनाउनुभयो ।

 

किसानलाई धान रोपाईको समयमा नै आवश्यकता अनुसारको मल नपाउदा धान उत्पादनमा ह्रास आउँन सक्ने तिवारीले भन्दै चिन्ता व्यक्त गर्नुभयो । किसानले बोर्डर पारि बाट आफ्नो कामको लागी समेत मल ल्याउदा सिमानाकामा खटिएको प्रहरीले खोस्ने गरेको र किसानहरुलाई दुख दिने गरेको प्रति गाउँपालिका अध्यक्ष तिवारीले प्रमुख जिल्ला अधिकारि ढकाललाई ध्यानआकर्षण गराउनुभयो । उहाले समयमा किसानलाई मल उपलब्ध भएन भने बाध्य भएर किसानहरु आन्दोलन गर्ने र त्यस बाट हुने क्षतिको जिम्मेवारी राज्य हुने बताउनुभयो ।

सम्बन्धित खबर

आज देशभर श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ हनुमान जयन्ती मनाइँदै

Aadarsh Daily

आज रामनवमी पर्व, श्रद्धा र आस्थाका साथ मनाइँदै

Aadarsh Daily

आज चैती छठको मुख्य दिन : साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

Aadarsh Daily