Aadarsh-Daily

वीरगञ्जमा भव्य स्वागत नवनियुक्त मन्त्री यादवलाई

ad-4p

वीरगञ्ज, २५ अषाढ । नवनियुक्त बन तथा वातावरण मन्त्री प्रदीप यादवलाई गृहनगर वीरगञ्जमा भव्य स्वागत गरिएको छ ।

content ad p2

मन्त्री नियुक्त भए पश्चात पहिलो पटक वीरगञ्ज पुगेका मन्त्री यादवलाई  शनिबार हजारौँ कार्यकर्ता र स्थानीयले भव्य तरिकाले वीरगञ्जमा स्वागत गरेका हुन् ।

content left

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव पछिल्लो पटक मन्त्रिपरिषद विस्तार हुँदा गत सोमबार जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट बन तथा वातावरण मन्त्री बनेका थिए ।
यादवलाई स्वागत गर्न वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित अन्य नेता र कार्यकर्ताको टोली बाजागाजासहित सिमरा विमानस्थल पुगेको थियो । सिमरा विमास्थलबाट यादव स्वागत र्‍यालीसहित वीरगञ्ज पुगेको छन् ।

जसपाको केन्द्रीय सदस्यसमेत रहेका यादवले वीरगञ्ज पुग्न बितिकै घण्टाघरस्थित शहिद स्मारक पुगेर शहिदहरुको सालिकमा माल्यार्पण गरेका छन् । माल्यार्पण पश्चात यादव जसपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन् यहाँस्थित नगरसभा गृह (टाउन हल) पुगेका छन् ।
जसपाले नवनियुक्त मन्त्री यादवसहित पार्टीबाट निर्वाचित अन्य जनप्रतिनिधिका लागि आज सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

पछिल्लो पटक परिवर्तन भएको मन्त्रिपरिषद्मा पार्टीले महेन्द्र राय यादवलाई फिर्ता बोलाउँदै वन तथा वातावरण मन्त्रीमा प्रदीप यादवलाई पठाएसँगै पर्साले मन्त्री पाएको हो ।

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily