Aadarsh-Daily

बालबालिकालाई लागेको नराम्रो नजर उतार्न यी उपाय गर्नुहोस्

ad-4p

हाँस्ने-खेल्ने गरिरहेको बच्चा अचानक बिरामी पर्न थाल्नु भयो, रुने, खाली झगडा गर्ने व्यबहार देखाउन थालेमा बुझ्नुहोस् तपाइको बच्चालाई कसैको नजर लागेको छ। हाम्रो समाजमा नजर लाग्ने मान्यता धेरै पुरानो हो। यदि बच्चालाई लागेको नराम्रो नजर उतार्न चाहनुहुन्छ भने अपनाउनुहोस् यी पाँच उपाय :

content ad p2

एक सफा रुमालमा हनुमानजीको पाउको अबिर लगाउनुहोस् र उक्त रुमालमा १० ग्राम कालो तिल, १० ग्राम मास, ३ ओटा रातो खुर्सानीलाई एक साथ बाध्नुहोस। जुन बच्चालाई नजर लागेको छ उसको सिरानी मुनि उक्त पोको राखिदिनुहोस। २४ घण्टापछि उक्त पोकोलाई नदिमा फालीदिनुहोस।नजर लागेको बच्चालाई सुताएर फिटकिरीको एक टुक्रा उसको शिर देखि खुट्टासम्म सात पटक उतार्नुहोस्। ध्यान दिनुहोस हरेक पटक शिर देखि पाउसम्म छोएर उतार्ने गर्नुहोस र उक्त फिटकिरीलाई बलेको आगोमा हाली दिनुहोस।यदि बच्चा स्तनपान गरिरहेको छैन भने दुधलाई एक कचौरामा लिएर बच्चाको शिर देखि पाउसम्म सात पटक उतारेर कुकुरलाइ खुवाउनुहोस्।

अलिकति रायोको बिउ, नुन र डाँठसहित रातो खुर्सानी एक मुठ्ठी देब्रे हातमा लिएर बच्चालाई सुताएर बच्चाको शिरदेखि पाउसम्म सातपटक उतारेर आगोमा हलिदिनुहोस। यसो गर्ने समयमा कोहि पनि बोल्नु हुदैन।एउटा रोटी बनाउनुहोस् र रोटीलाई एकतर्फ मात्र सेकाउने गर्नुहोस। अर्को पट्टि काँचो नै छोडीदिनुहोस। सेकाएको भागमा तेल वा घिउ लगाएर नजर लागेको बच्चाको शिर देखि पाउसम्म सात पटक छोएर उक्त रोटीलाई कुनै चाउरमा लगेर छोडीदिनुहोस।

content left

यसैगरी अहिलेको युगमा मानिसले भाग्यमा भन्दा मेहनतमा विश्वास गर्नुपर्दछ भन्ने चलन रहेको छ । तर कतिपय अवस्थामा हामी लाख मेहनत गर्दा पनि सफल हुन सक्दैनौं किन ? संस्कृतमा भनाइ छ भाग्यं फलति सर्वत्र न विद्या न च पौरुष ।भाग्यमा भए थलैमा भन्ने नेपाली उखान पनि छ । भाग्यप्रति विश्वास गरे पनि नगरे पनि वा यसलाई पूर्वजन्मको कर्मफल अथवा यसै जन्मको पुरुषार्थ भनिए पनि प्रकारान्तरमा त्यसले भाग्यतर्फ नै इंगित गर्छ । यहाँ केही सामान्य उपाय बताइएको छ जसलाई दैनिक व्यवहारमा उतारेर भाग्य जगाउन सकिन्छ ।

बिहान सबेरै उठ्नुहोस्ः बिहान समयमा नैं उठ्नु तपाईका लागी आफैंमा फाइदाजनक हुन्छ । बिहा सबेरै उठ्ने सामान्य व्यायम जस्तैं योगा गर्दा मन शान्त हुन्छ । अर्को बिहान अबेलासम्म सुतिरहने व्यक्तिको कुण्डलीमा सूर्य कमजोर छ भन्ने बुझ्नुपर्छ र कुण्डलीमा सूर्य बलवान् नै भए पनि अबेरसम्म सुतिरहने बानी बसालियो भने अवश्य पनि सूर्य कमजोर हुन्छ । कमजोर सूर्यका कारण कार्यालयमा सदैव हाकिम वा मालिकको कचकच सुनिरहनुपर्ने हुन्छ र पदोन्नतिमा समेत बाधा खडा हुन्छ । यसको विपरीत सबेरै उठियो भने सूर्यका साथै पितृहरू प्रसन्न हुन्छन् र उनीहरूको आशीर्वाद प्राप्त हुन्छ ।

खानपानमा ध्यान दिनुहोस्ः खानपानले हाम्रो स्वास्थ्यमा गम्भिर खालको असर गर्दछ । कार्यव्यस्तताका कारण आधुनिक मानिस खानपानमा त्यति ध्यान दिँदैनन् । फलस्वरूप अनेकौं समस्या सिर्जना हुन्छन् । तसर्थ खानपानको समय निश्चित हुनुपर्छ, यसका लागि समय छुट्याउनुपर्छ ।हिँडदै खाने बानी छ भने छोड्नुपर्छ किनभने यस्ता बानीका कारण प्रेतदोष तथा पितृदोष हुन्छ र मानिस बिरामी पर्नुका साथै धनको हानि हुन्छ । स्थिर रहेर खानपान गर्नाले देवताहरू प्रसन्न हुन्छन्, राहु दोष शान्त हुन्छ र जीवनमा उत्तरोत्तर प्रगतिको मार्ग प्रशस्त गर्छन भन्ने विश्वास रहेको छ ।

शिष्टाचार जरुरीः सदाचारी र आज्ञाकारि व्यक्ति जीवनमा धेरै सफल हुनसक्छ यस्ता कुराहरु पुराणहरुमा उल्लेख गरिएको छ । आफूभन्दा सानो कसैले अभिवादन गर्छ भने आफूले पनि शिष्टतापूर्वक उसलाई अभिवादन गर्नुपर्छ । कोही आफूभन्दा श्रेष्ठ छ भने, चाहे त्यो व्यक्ति आफ्नो कर्मचारी नै किन नहोस् उसलाई अवश्य पनि अभिवादन गर्नुपर्छ । यसबाट बृहस्पति र शनि सबल हुने भएकाले जीवनमा कहिल्यै पनि दुर्भाग्यको सामना गर्नुपर्दैन ।

बाहिरबाट आउँदा केही लिएर आउँनेः गुमाउनु भन्दा प्राप्त गर्नु आफैंमा सफलताको लक्षण हो । घरबाहिर कतै गएर र्फकँदा केही न केही चिज साथमा लिएर आउनुपर्छ । यसो गर्नाले गृहलक्ष्मी स्थिर हुन्छिन्, घरमा लच्छिनको बास हुन्छ । साथै घरमा झगडा हुँदैन र परिवारमा प्रेमभाव रहिरहन्छ । हामीले माथि भनेका कुराहरु गर्न सक्नुभयो भने तपाईले तपाईको जीवनमा आश्चर्यजनक रुपमा परिवर्तन देख्न पाउँनुहुनेछ ।

सम्बन्धित खबर

पर्साको ग्रामीण भेग बाट गाजा र चरस ब्रमद ।

Aadarsh Daily

प्रधानमन्त्रीमा १७ पटकसम्म हार, पहिलो प्रयासमै राष्ट्रपत

Aadarsh Daily

सीमा बजारमा भारु भयो कमजोर : १५७ रुपैयाँमा किनबेच

Aadarsh Daily