Aadarsh-Daily

विद्यालय कर्मचारीको तलबबारे के भन्छन् शिक्षामन्त्री ?

ad-4p

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको तलब बढेको घोषणा गरिएन ।

content ad p2
content left

बजेट घोषणापछि इसीडी शिक्षक र विद्यालय कर्मचारीले सामाजिक सञ्जालमा निराश हुँदै आक्रोश व्यक्त गरे  । पछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेले इसीडी शिक्षकको तलब दुई हजार बढाएर १० पुर्याइएको संसद्मा बताए ।

शिक्षा मन्त्रीले इसीडी शिक्षकको मात्रै तलब बढेको जानकारी गराएपछि विद्यालय कर्मचारी चिढिए । तलब कै विषयमा स्पष्ट नभएको भन्दै राष्ट्रियसभामा पनि सांसदहरूले सरकारलाई प्रश्न गरे ।

सांसदहरूले प्रश्न गरेपछि शिक्षा मन्त्रीले भने, ‘आर्थिक वर्ष २०७९/८० को बजेटमा विद्यालय कर्मचारीको तलबको विषयमा बोलिएन । लगत्तै म आफैं पनि सम्माननीय प्रधानमन्त्रीज्यूकाँ, माननीय अर्थमन्त्रीज्यूकाँ र अर्थमन्त्रालयमा गएर किन छुट्यो भनेर हामीले लविङ गरेका छौं । लेखी पठाएका छौं । क्याबिनेटमा पनि यस विषयमा छलफल चल्यो । छिट्टै यसको व्यवस्थापन हुने प्रतिबद्धता अर्थमन्त्रालयबाट भएको छ ।’

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily