Aadarsh-Daily

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई जसपाद्वारा सम्मान

ad-4p

वीरगञ्ज, २५ अषाढ । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित जनप्रतिनिधिलाई सम्मानित गरिएको छ ।

content ad p2

जसपाले शनिबार यहाँस्थित नगरसभा गृह (टाउन हल) मा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मानित गरीएको हो ।

content left

जनप्रतिनिधिहरुलाई ननियुक्त बन तथा वातावरण मन्त्री प्रदीप यादवले प्रमाणपत्र र गम्छा ओढाएर सम्मानित गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री यादवलाई पनि ५१ किलोको माला र चाँदीको मुकुट लगाएर सम्मानित गरिएको थियो ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् यादव मन्त्री बनेपछि उनको स्वागतको अवसरमा आयोजित कार्यक्रममा विभिन्न स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुलाई सम्मानित गरिएको पार्टीको महानगर समितिका अध्यक्ष इश्वरचन्द्र यादवले बताए ।

कार्यक्रम पूर्व वीरगञ्जमा मन्त्री यादवको स्वागतमा एउटा ठूलो र्‍याली पनि निकालिएको थियो । र्‍यालीमा पार्टीका हजारौं नेता, कार्यकर्ता र स्थानीयहरुको सहभागिता रहेको महानगर समितिका अध्यक्ष इश्वर यादवले बताए ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily