Aadarsh-Daily

पूर्व मेयर सरावगी एमालेको केन्द्रीय सल्लाहकार परिषदको सदस्यमा मनोनित

ad-4p

वीरगन्ज,२७ असार :नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा वीरगन्जका पूर्व मेयर विजय सरावगी मनोनित भएका छन्।

content ad p2
content left

एमालेले गठन गरेको ३०६ सदस्यीय केन्द्रीय सल्लाहकार परिषदमा सरावगीलाइ पनि मनोनित गरिएको हो ।

एमालेको केन्द्रीय सल्लाहकार परिषदको सदस्यमा पर्साबाट डाक्टर विश्वम्भर शर्मा,रसिद अन्सारी,कदम रसुल र ठाकुर न्यौपाने पनि मनोनित भएका छन्।

केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहरा रहेका छन्। उनकै नेतृत्वमा सात सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरिएको छ । सचिवालयमा गोमा देवकोटा, ज्ञानबहादुर भुजेल, डा. गोविन्द नेपाल, गोपाल शाक्य, टेकु नेपाली र गोविन्दप्रसाद कलौनी रहेका छन्।

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily