Aadarsh-Daily

माग सम्बोधन नभए आन्दोलन गर्ने पर्साका सरकारी कर्मचारीहरुको चेतावनी

ad-4p

वीरगन्ज,२७असार : सरकारी सेवामा कार्यरत कर्मचारीका विभिन्न संघ संगठनहरुले विभिन्न माग राखेर पर्साका प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन पर्सा , एकीकृत सरकारी कर्मचारी संगठन पर्सा, नेपाल निजामती युनियन पर्सा ,राष्ट्रिय कर्मचारी संगठन पर्सा र नेपाल मधेसी निजामती कर्मचारी पर्साले सोमबार संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाइ ज्ञापनपत्र बुझाएका हुन् ।

content ad p2

सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टचारमुक्त, जनउत्तरदायी र सहभागीता मुलक बनाउन माग गर्दै उनिहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

content left

मुलुक संघीय संचरनामा गइसकेको लामो समय भइसक्दा पनि संघीय शासन प्रणालीको कार्यन्वयनको लागि संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारी प्रशासन व्यवस्थापन एंव मार्ग देखाउने सम्बन्धि छाता कानुनको रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी गर्नु पर्ने उनिहरुको माग छ ।

समग्र कर्मचारीको साँझा हित र निजामती प्रशासनको मार्ग दर्शनको रुपमा रहेको ऐन निमाणको प्रक्रियामा सरोकारवाला पक्षहरुको अर्थपुर्ण सहभागीता अपरिहार्य रहेकोले सम्बन्धित पक्षहरुसँग छलफल गर्न आवश्यक रहेको पनि विज्ञपत्तिमा उल्लेख गरिएको छ ।

संघीय निजामती सेवा ऐन जारी नभएमा निजामती कर्मचारी संघसंगठनहरुले आन्दोलन गर्ने चेतावनी पनि कर्मचारीहरुलले ज्ञापनपत्र मार्फत दिएका छन् ।

 

 

 

 

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily