Aadarsh-Daily

वीरगञ्ज महानगरका वडा कार्यालयको दैनिक सेवा १० दिन बन्द

ad-4p

वीरगञ्ज, ३ साउन ।  वीरगञ्जका वडा कार्यालयबाट प्रवाह हुने सेवा १० गतेसम्मका लागि बन्द गरिएको छ । साउन १ गतेदेखि १० गतेसम्म वडा कार्यालयबाट दैनिक रुपमा प्रदान हुँदै आएका सेवाहरु बन्द गरिएको हो ।

content ad p2
content left

आ.व. २०७९/८० देखि कम्प्युटिकृत प्रणालीबाट मात्रै सबै किसिमका सेवाको दस्तुर असुल उपर गरिने भएकाले दैनिक सेवाहरु बन्द गरिएको वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्णद्वारा जारी सूचनामा उल्लेख छ ।

वडा कार्यालयबाट दैनिक रुपमा हुने विभिन्न सिफारिस एवम् प्रमाणित वापत लाग्ने दस्तुर अब कम्प्युटर प्रणालीमार्फत जम्मा गरिने सूचनामा भनिएको छ ।
वडा नम्बर १ देखि ३२ सम्मका वडा कार्यालयमा कम्प्युटरमा सबै किसिमका कर, शूल्क र दस्तुरको दर राख्न १० दिनको समय लाग्ने भएकाले साउन १० गतेसम्म कर, शूल्क र दस्तुर बुझ्ने र सिफारिस तथा प्रमाणित कार्य बन्द रहने वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बताए ।

कम्प्युटरमा दर राखिसकेपछि यसले पारदर्शी हुने र तथ्यांकको विवरण पनि सुरक्षित हुने मेयर सिंहको बिश्वास छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily