Aadarsh-Daily

रामभौरी भाथाबाबा को मेला सुरू

ad-4p

पर्साको पटेर्वा सुगौली गाउँ पालिका अन्तर्गत र पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने धार्मिक एंव पर्यटकीय स्थल रामभौरी भाथा स्थित दुग्धेशवर महादेव मन्दिरमा साउने मेला  सोमबार देखि   सुरु भएको छ ।

content ad p2
content left

नेपाल र भरतको विभिन्न स्थानका नदी खोला र ज्लाशयबाट जल भरेर बोलबम कवरियाहरु दुधेश्वर माहदेव मन्दिरमा विहानै देखि पुगेका छन्  । धार्मिक जन विश्वास अनुसार आ आफ्ना भाकल पूरा भएकाहरुले मेल हेर्न र दर्शन गर्न भक्तजन र दर्शनार्थीहरुको पनि विहानै देखि भिड लागेको छ।

निकुञ्जको बिच जङ्गलमा रहेको रामभौरी भाथाको मेलामा   पसल थापे बापत  राष्ट्रिय निकुञ्जले २ हजार ५ सय रुपैयाँको दरले राजस्व लिएको छ ।   साउन महिनाभरी  लाग्ने मेलामा हरेक सोमबार  करिब ३/४ हजार दर्शनार्थी आउने  प्रारम्भिक अनुमान गरिएको छ

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily