Aadarsh-Daily

वीरगञ्जका सबै विद्यालयमा सूचना अधिकारी तोक्न मेयर राजेशमान सिंहको निर्देशन

ad-4p

वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक र संस्थागत सबै विद्यालयमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ ।

content ad p2
content left

शिक्षा विकास तथा समन्वय एकाइ पर्साले यही असोज ९ गते महानगरपालिका कार्यालयमा पठाएको पत्रमा विद्यालयमा सूचना माग्दा सूचना नपाएको अभिभावकको गुनासो आएको उल्लेख गरेकाले महानगरपालिकाले आज सूचना जारी गर्दै दसैँ बिदा बाहेक सात दिनभित्रमा हरेक विद्यालयमा एक सूचना अधिकारी तोक्न विद्यालयलाई निर्देशन दिएको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण
पर्साको जगरनाथपुर गाउँपालिकामा वडामै लाभग्राहीको सहजताका लागि सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन भएको छ । गाउँपालिकाले वडा कार्यालयमै शिविर सञ्चालन गरेर भत्ता वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले जानकारी दिए ।

एनआइसी एशिया बैंक जगरनाथपुर शाखाको समन्वयमा पालिकाले वडामै पुगेर भत्ता वितरण गर्न थालेपछि अब बैँकमै पुगेर लामो लाइन बस्नुपर्ने बाध्यता हटेको छ । यसबाट विशेषगरी अपाङ्गता भएका स्थानीय र ज्येष्ठ नागरिकलाई सहज भएको छ । जगरनाथपुरका छ वटै वडाका ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक एकल महिला र क तथा ख वर्गका अपाङ्गता भएका लाभग्राहीलाई शिविरमार्फत सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले बताए ।

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily